Tour Package Development Training Farwest Travel Mart – 2025 (FTM-2025) May 9 to 11, 2025 in Mahendranagar, Kanchanpur. Customer Care Training May Lord Shiva blessed you with joy, happiness and wealth.. Happy Teej!!! टुर गाईड तथा ट्रेकिङ गाईड सम्बन्धि तालिम सप्पन्न । मिति : २०८० असार ५-७ गतेसम्म स्थान : होटेल सोराई धनगढी आयोजक नाट्टा सुदुरपस्चिम होमस्टे सन्चालन तथा ब्यबस्थापन सम्बन्धि तिनदिने तालिम समापन समारोह । मिति : २०८० असार १० स्थान : भादा होमस्टे, कैलाली टुर गाईड तथा ट्रेकिङ गाईड सम्बन्धि तालिम सप्पन्न । मिति : २०८० असार ५-७ गतेसम्म स्थान : होटेल सोराई धनगढी आयोजक नाट्टा सुदुरपस्चिम टुर गाईड तथा ट्रेकिङ गाईड सम्बन्धि तालिम सप्पन्न । मिति : २०८० असार ५-७ गतेसम्म स्थान : होटेल सोराई धनगढी आयोजक नाट्टा सुदुरपस्चिम गौरा पर्वको हार्दिक शुभकामना !!! नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनमा अतिथिहरु। नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनमा शुभकामना मन्तब्य राख्नुहुदै अतिथिहरु। नाट्टा सुदुरपस्चिम प्रदेश संघको चौथो अधिबेशन हरितालिका तीजको हार्दिक शुभकामना !! "लुम्बिनी प्रदेशमा दिगो पर्यटन बिकासका सम्भावनाहरु" बिषयक एकदिने गोष्ठीमा नाट्टा सुदुरपस्चिम प्रदेशको सहभागिता। नाट्टाको केन्द्र ,प्रदेश संघ र च्याप्टर बीचको महत्त्वपूर्ण संयुक्त बैठक होटेल श्रीनगर पाल्पामा सम्पन्न । नाट्टा पाल्पा च्याप्टरको ८औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशन कार्यक्रममा नाट्टा सुदुरपस्चिम प्रदेश संघको सहभागिता । नाट्टा लुम्बिनी प्रदेश संघको कार्यक्रममा नाट्टा सुदुरपस्चिम प्रदेश संघको सहभागिता । बडिमालिका जाने पदयात्री हरुलाई बिदाई। नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न। 8th Annual General Meeting & 4th Convention धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने Farwest Travel Mart 2022 धनगढी- पोखरा उडान सुरु घोडाघोडी सिमसार देशकै पहिलो बर्ड सेन्चुरी बन्दै Heli-tour begins for promotion of Badimalika & Khaptad 40th Internationl Toursim Days Dashain And Tihars Wishes 2078 BS Destination Promotion Program of Farwest Nepal Opening Ceremony of Nepal Tourism Board Sudurpaschim Province

धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने

March 27, 2022

धनगढी, १२ चैत/ ‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने मूल नारासहित सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थलहरुलाई देश तथा विदेशका सम्भावित वजारहरुमा प्रचारप्रसार गरी पर्यटकीय गतिविधिलाई ग्रामीण स्तरसम्म बढाउदै रोजगारी सृजना, आयआर्जनमा वृद्धि गर्दै पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

 

नेपाल पर्यटन वोर्ड, धनगढी उपमहानगरपालिका र नाटा सुदूरपश्चिम प्रदेशको सहकार्यमा ‘फारेवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुन लागेको संयोजक माया प्रकाश भट्टले बताए ।

चैत २५ गतेदेखि २७ गतेसम्म आयोजना हुने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ मा सार्क राष्ट्रका राजदूत, नेपाल सरकारका विशिष्ट अधिकृत, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा टूर प्याकेज विक्रि गर्ने पर्यटन व्यवसायीहरुलाई सहभागिताका लागि निमन्त्रण गरिएको संयोजक माया प्रकाश भट्टले बताए ।
‘मार्टमा करिव तीन सय स्वदेशी तथा विदेशीको सहभागिता रहन्छ’ संयोजक माया प्रकाश भट्टले भने, ‘होटेल एवम् पर्यटन व्यवसायी, टूर अपरेटर तथा गाईडहरुलाई विजनेश टू विजनेश कार्यक्रमसहित प्रदेशका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गराउने कार्यक्रम तय भएको छ ।’

कार्यक्रमको पहिलो दिन धनगढीमा प्रभातफेरीसहित वि टू वि सम्मेलन हुनेछ भने दोश्रो तीन टोली बनाई प्रदेशका पर्यटकीय गन्तव्य भ्रमण कार्यक्रम रहेको संयोजक भट्टले बताए । ‘एक टोली धनगढी उपमहानगरभित्रका पर्यटकीयस्थलको अवलोकन गर्नेछन् भने दोश्रो कर्णालीमा र्याफ्टिङ गर्नेछन् भने तेश्रो टोली पहाडको बुडरसम्म पुग्नेछन्’ संयोजक भट्टले भने, ‘तेश्रो दिन गोदावरीमा वृहत कार्यक्रमसहित समापन गरिनेछ ।’

कार्यक्रमलाई सभ्य, भव्य र उपलब्धि मुलक बनाउन बिभिन्न समिति गठन गरिएको छ । अनुगमन, मूल्यांकन र प्रतिवेदन समितिको संयोजक डाक्टर हेमराज पन्त, सचिवालय व्यवस्थापन संयोजक कलम बम, समारोह स्थल व्यवस्थापन संयोजक पदमबिक्रम सिंह, अतिथी सत्कार संयोजक जगदीशचन्द भट्ट, अतिथी आमन्त्रण संयोजकमा परमानन्द भण्डारी, सास्कृतिक समितिको संयोजक पुष्करराज भट्ट, प्रचारप्रसार संयोजक भिम चौधरी र अर्थ व्यवस्थापन संयोजक धनञ्जय जोशीलाई तोकिएको छ । कार्यक्रमका लागि ५५ लाख बढी रकम आवश्यक पर्ने बताइएको छ ।