नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न।
Aug. 1, 2022
नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न।
नाट्टा सुदुरपस्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन आज धनगढीमा सम्पन्न भएको छ। नाट्टा सुदुरपस्चिम प्रदेश संघका अध्यक्ष माया प्रकाश भट्ट ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रि माननीय डा. रण बहादुर रावलज्यु, बिशिस्ट अतिथिहरु प्रदेश नीति तथा योजना आयोगका सदस्य माननीय मोहन देव बिष्ट, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, प्रमुख जिल्ला अधिकारी कैलाली किरण थापा, नाट्टा केन्द्रका अध्यक्ष रमेश थापा रहनुभएको थियो भने अतिथिहरुमा कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द, नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी, सुदुरपस्चिम प्रदेश उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक ज्योति भट्ट, होटेल ब्यबसायी संघ कैलालीका अध्यक्ष कलम बम, होटेल ब्यबसायी संघ डोटीका अध्यक्ष राजेन्द्र बिक्रम शाही ज्यु लगायत पर्यटन संग सरोकार राख्ने बिभिन्न संघसंस्थाहरुको उपस्थिति रहेको थियो।
नाट्टा सुदुरपस्चिम प्रदेश संघको चौथो अधिबेशन बाट तपशिलको नयाँ कार्यसमिति निर्बाचित भएको छ।
१. अध्यक्ष : पदम बिक्रम सिंह (पि.एस ट्राभलपोईन्ट टुर्स प्रा.ली.)
२. उपाध्यक्ष : धनन्जय जैसी (राहत ट्राभल एण्ड टुर्स प्रा.ली.)
३. महासचिव : शिवहरि पाण्डे (साझा इन्टेल ट्राभल एण्ड टुर्स प्रा.ली.)
४. कोषाध्यक्ष : लोकराज भट्ट (जगदम्बा ट्राभल एण्ड टुर्स प्रा.ली.)
५. सचिव : सबिता ऐर (एस.ए. टुर्स एण्ड ट्राभल प्रा.ली.)
प्रदेश कार्यसमिति सदस्यहरु
६. पदम बहादुर चन्द (जय निर्मलबाबा टुर्स एण्ड ट्राभल प्रा.ली.)
७. बिक्रम ठकुल्ला (ब्रह्मदेव टुर्स एण्ड ट्राभल प्रा.ली.)
८. किशोर खड्का (एक्सप्लोर सुदुरपस्चिम टुर एण्ड एडभेन्चर प्रा.ली.)
९. मेखेन्द्र खत्री (समैजी ट्राभल एण्ड टुर्स प्रा.ली.)