Aug. 24, 2022
नाट्टाको केन्द्र ,प्रदेश संघ र च्याप्टर बीचको महत्त्वपूर्ण संयुक्त बैठक होटेल श्रीनगर पाल्पामा सम्पन्न भएको छ।
उक्त संयुक्त बैठकमा नाट्टा केन्द्रका अध्यक्ष रमेश थापा, महासचिव कुमार मणि थपलिया, सचिव युविका भण्डारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हारिराम अधिकारी, नाट्टा सुदुरपस्चिमका अध्यक्ष पदम बिक्रम सिंह, नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्त, नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन प्रसाद शर्मा, नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष प्रदीप उदय तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल लगायतको सहभागितामा बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भयो।